भारतीय सिमा क्षेत्रसंग जोडिएका जिल्लाहरुमा सलह

everest kitchen
नेपालमा फाट्टफुट्ट देखिएको सलह

काठमाडौ । नेपालमा सलह कीराले प्रवेश गरेको छ। भारतसँग सीमा जोडिएका केहि जिल्लाहरु र केहि पाहाडी क्षेत्रसंग सिमा जोडिएका तराईका जिल्लाहरुमा सलह देखिएको हो ।

कृषि ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवका अनुसार पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान ८ बजे सलह कीराका समूह देखिएको खबर आएपछि निरिक्षणक‍ो प्राबिधिकहरुकाे समुह सलह देखिएकाे स्थान पुगेको छ ।

सलहले नेपाल प्रवेश गरेसंगै तरकारी बालीहरु खान थालेको स्थानीयहरुले बताएका छ ।

यस्तै शनिबार रुपन्देहीमा पनि सलह देखा परेको बताएको छ । स्थानीयका अनुसार रूपन्देहीको बुटवल क्षेत्रमा पनि फाट्टफुट्ट सलह देखिएको हो ।

केहि समय अघि भारतमा देखिएको सलह किरा बिस्तारै नेपाल प्रवेश गर्न लागेपछि सरकारले यसबारे ध्यानआकृष्ट गरेको बताएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा सलहको नियन्त्रण बारे तयारी सुरु गरेको बताएको छ ।

यधपी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा सलहको जोखिमबारे अध्ययन गरेको थियो । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईंको संयोजकत्वमा गठित समितिले जेठ २३ गते मन्त्रालयलाई नेपालमा सलह भित्रिन नसक्ने प्रतिवेदन बुझाएको थियो ।

फट्यांग्राकै एक प्रजतिका रुपमा रहेको सहल अनिकाल निम्त्याउने किराका रुपमा परिचित छ । यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट नै खाने गर्छ ।