नेकपा स्थायी समितिको बैठक १६ गतेसम्म स्थगित

everest kitchen


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ।

शनिबारको बैठकमा २१ जजा सदस्यहरुले आफ्ना धारणा व्यक्त गरेको र असार १६ गते विहान ११ बजे पुन: बैठक बस्ने गरि बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

शुक्रबारको बैठकमा उपस्थिति नभएका प्रधानमन्त्री तथा नेकपा अर्का अध्यक्ष केपी शर्मा ओली शनिबारको बैठकमा पनि केहिबेर मात्रै उपस्थिति भएका थिए ।

प्रवक्ता श्रेष्ठका अनुसार अोलीको स्वास्थ अवस्थामा समस्या भएको भन्दै केहिबेरमा बैठकबाट बाहिरीएको बताए । शुक्रबारको बैठकमा ओली उपस्थित नभएपछि सदस्यहरुले आलोचना गरेका थिए ।