कोरोना: मलेसियामा ८ हजार ६ सयबढी संक्रमित हुदा ८ हजार ३ सय बढी निको भए

everest kitchen


क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १८ जना रहेकाे छ । गएको २ हप्तामा मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमित सङ्ख्यामा पनि उल्लेख्य कमी आएको तथ्यांकले देखाउछ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार ३१८ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्मको तथ्यांकअनुसार मलेसियामा संक्रमितहरुमध्येबाट निकोहुनेहरु ९५ प्रतिशत रहेका छन । ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ५ लाख १ हजार ६८२ रहेकाे छ भने संक्रमितको सङ्ख्या १ करोड १ लाख ४ हजार ५०२ रहेकाे छ । ५४ लाख ७७ हजार ३२ जनाले स्वास्थ्य लाभ गरेका छन ।