अवैध रुपमा सञ्चय गरी राखेको ११ केजी बुद्धचित्तको माला बरामद

everest kitchen


काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बडेगाल बस्ने सरोज तिम्सिनालाई अवैध रुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ केजी ७ सय ग्राम तथा खुल्ला नबुनेको अवस्थामा रहेको बुद्धचित्त २४ केजी सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा अवैध रुपमा बुद्धचित्त सञ्चय गरी राखेको भन्‍ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घर तलासी गर्दा सानो माला ४ सय १६ थान र ठूलो माला ६ थान गरी उक्त परिमाणको बुद्धचित्तको माला र बुद्धचित्त फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।