अस्पतालको बिल तिर्न नसकेकी कमलालाई ओखलढुंगा एकता समाजको सहयोग

everest kitchen

काठमाडौ । सडक दुर्घटनामा परि बुवा गुमाएकी गम्भीर घाइते कमला बिकलाइ ओखलढुंगा एकता समाज मलेसियाले आर्थिक सहयोग गरेको छ ।

मलेसियामा रहेका ओखलढुंगा वासी नेपालीहरुको साझा संस्थाकाे रुपमा सक्रिय रहेको उक्त समाजले मेरुदण्ड समेत भाचिएर काठमाडौं स्थित हाम्स अस्पतालमा उपचाररत ओखलढुंगा जिल्ला चम्पादेवी गाउँपालिका निबासी कमला  विकलाई ५४ हजार  १० रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

गत माघ १३ गते ओखलढुंगाको चम्पादेवी गाउँपालिका निबासी बिरामी शन्तोस विकलाई  छोरी कमला विकले  उपचारकै लागि सदरमुकाम लादै थिईन । घरबाट हिडेको केहि समयमै उनीहरु सवार बोलेरो जीप  दुर्घटना पय्रो । दुर्घटना परि बुवा सन्तोषले त्यहीँ प्राण त्यागे भने कमला गम्भीर घाइते भएकी थिईन ।

दुर्घटनामा गम्भीर घाइते भएकी कमलालाई उपचारको लागि काठमाडौं स्थित हाम्स अस्पतालमा भर्ना गरिएको थियो । उनको  शरिरभरी गम्भिर चोटपटक लाग्नुकाे साथै मेरुदण्ड समेत भाँचिएको आफन्तले बताएका छन । उनको  उपचारका क्रममा करिब ११ लाखको बिल अस्पतालले तयार गरेको र उक्त रकम तिर्ने अवस्था नरहेपछि अस्पतालले २० प्रतिशत छुट गरेर ८ लाख रुपैया मागेको आफन्तले बताएका छन ।

आफन्तका अनुसार कमला परिवारको आर्थिक अवस्था कम्जोर रहेकोले वुबाकाे क्रिया गरेको समेत ऋण तिर्न नसक्दा कमलाकाे आमाले अस्पतालमै आत्महत्याको प्रयास गरेकी थिईन ।

कोरोना महामारीको बेला आैषधि किन्न र खाना समेत धौ भएपछि केहि सामाजिक अभियान्तहरुको पहलमा आर्थिक सहयोग संकलन गरेको बताएको छ । अस्पताललाई तिर्नुपर्ने रकम र बाँकी थप उपचारको लागि अझै रकम चाहिएकोले कमलाले बिभिन्न माध्यमबाट सहयोगको अपिल पनि गरिरहेकी छन् ।

सहयोगको गर्नको लागि राष्ट्रिय वाणिज्य बैंक लि,
खाता  न. २०७००२०५२९१०
आमा : कल्पना देवी  विक .
सम्पर्क नम्बर ९८६३८८६११३