जाजरकोटका नवराज विकलाई मरणोपरान्त समाज सुधारक पुरस्कार

everest kitchen

काठमाडौं । सरकारले जाजरकोटका नवराज विकलाई मरणोपरान्त पुरस्कार दिने भएको छ। नवराजलाई मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारका लागि छनोट गरेको हो ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रूद्रसिंह तामाङले सोमबार जारी गरेको विज्ञप्तिमा जाजरकोटका नवराजलाई समाज सुधार अभियानतर्फ पुरस्कृत गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।

जाजरकोटबाट रूकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ की आफ्नी प्रेमिकालाई भगाउन भनि गएका नवराजसहित उनका अन्य ५ जना साथीहरुसहित उनको गाउँलेको कुटपिटपछि भेरिमा मृत अवस्थामा फेला परेका थिए ।

१ लाख राशी भएको उक्त पुरस्कार समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान गरेका भगत सर्वजित विश्वकर्माको कदरस्वरुप सरकारले २०७३ सालबाट यो पुरस्कार प्रदान गर्न थालेको थियो ।

त्यस्तै मन्त्रालयले प्रदान गर्दै आएको यस वर्षका अन्य विधामासमेत पुरस्कृत हुनेको नाम टुंगो लगाएको छ । मन्त्रालयले २०५१ सालदेखि विभिन्न विधामा राष्ट्रिय स्तरका पुरस्कार प्रदान गर्दै आएको छ ।