टरिगाउँ विमानस्थलमा पाइलट विषय अध्ययन हुने

everest kitchen


दाङ।दाङको तुलसीपुर उपमहानगर स्थित टरिगाउँ विमानस्थलमा पाइलट विषय अध्ययन हुने भएको छ ।

उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेका अनुसार एयरपोर्टमा अन्तरराष्ट्रियस्तरको पाइलट विषय अध्ययनका लागि सम्भाव्यता अध्ययन पूरा भएको छ । अहिले अध्ययन पूरा भएकाले आवश्यक काम अघि बढाउन उपमहानगरपालिकाले पहल गरेको पाण्डेले बताएका छन ।

पाण्डेका अनुसार उक्त विमानस्थलमा अन्तरराष्ट्रियस्तरबाटै पाइलट ल्याएर जनशक्ति उत्पादन गरिने तयारी थालिएको । र धावनमार्गकाे निर्माणमा पनि पहल थालिएको छ ।

यस्तै विमानस्थल थप निर्माणकाे लागि उपमहानगरले केहि बजेट छुट्टयाइएको र थप बजेट केन्द्र सरकारबाट निकासा गर्ने पहल भइरहेको उनले बताए ।