भोक लाग्यो सरकार काम गरी खान देऊ : ट्याक्सी व्यवसायी

everest kitchen


काठमाडौं । लकडाउनकाे कारण मारमा परेको भन्दै ट्याक्सी व्यवसायीहरू सडकमा उत्रिएका छन् । मंगलबार उनीहरूले काठमाडौं प्रदर्शन गरेका हुन ।

ट्याक्सी व्यवसायीहरूले काम गर्न दिनु पर्ने, ऋण थपिँदै गएको, कर मिनाह गर्नुपर्नेलगायत विभिन्न मागहरू राख्दै सडकमा उत्रिएको बताएका छन । गत चैत ११ देखि सुरु भएको लकडाउनकाे कारण चरम आर्थिक अभाव र भोकले मर्ने अवस्था भएको भन्दै उनीहरूले ट्याक्सी व्यवसाय सुचारु गर्न माग गरेका हुन ।

व्यवसायी तथा चालकहरूले ‘,‘भोक लाग्यो सरकार काम गरी खान देऊ’, ‘रातो नम्बर प्लेटको सवारीमा कोरोना नसर्ने,कालो नम्बर प्लेटमा मात्रै सर्ने÷सार्ने यो कस्तो रोग हो सरकार ? लगायत प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

सरकारले गत चैत ११ देखि सुरु गरेको लकडाउन असार देखि केहि खुकुलो पार्दै निजी सवारी साधन जोर–विजोर प्रणालीबाट चल्न दिएको छ भने ट्याक्सी तथा अन्य सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ ।