राजनीतिक परामर्शका लागि प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए

everest kitchen


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।

मंगलबार पार्टीको स्थायी समिति बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि बुधबार बिहान प्रधानमन्त्री ओलीले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बोलाएकाे स्रोतले जानकारी दिएको छ ।

गएको बुधबार देखि जारी नेकपा स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा प्रधानमन्त्रीले जथाभावी बोल्दै हिडेको भन्दै नेताहरुले रोष प्रकट गरेका थिए ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले मदन भण्डारी जयन्तीको अवसरमा आफुलाई भारतले प्रधानमन्त्री बाट हटाउन खोजेको भन्दै अभिव्यक्ति दिएपछि पार्टी भित्र र बाहिरबाट उनले आलोचना खेपिरहेका छन ।

मंगलबारको स्थायी समिति बैठकमा अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजिनामा भारतले हैन मैले मागेको हु । भनेर जवाफ दिदै राजिनामा मागेपछि बिषयले उत्कर्ष लिएको छ ।