प्रधानमन्त्री ओलीको छलफलमा पूर्वमाओवादी मन्त्रीहरुलाई बोलाएन

everest kitchen


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी मन्त्रीहरुलाई नबोलाइ बुधबार परामर्श गरेका छन् । ओलीले आफुनिकट स्थायी समिति सदस्य र मन्त्रीहरुलाई बोलाएर परामर्श गरेका हुन ।

नेकपाका पूर्वमाओवादी मन्त्रीहरु वर्षमान पुन (अनन्त), गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र विना मगरलाइ छलफलमा नबोलाईएको समाचार स्रोतले बताएको छ ।

पछिल्लो समय ओली नजिक रहेका मन्त्री राम बहादुर थापा र गिरिजामनी पोखरेल भने छलफलमा उपस्थिति भएको बताएको छ । उपस्थित मन्त्रीहरुले पार्टी गुटबन्दी गरेर भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री र नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सुझाव दिएकाे बताएको छ । दुवै अध्यक्षले अहिले पार्टीभित्र देखिएका समस्या समाधान गरेर अगाडि बढ्नुपर्ने उनीहरूको भनाइ रहेको स्रोतले जनाएको छ ।

पार्टी स्थायी समितिमा बहुमतले प्रधानमन्त्री ओलीको राजिनामा मागेपछि ओली यतिबेला संकटमा परेका छन ।