बुधबार मलेसियामा अहिलेसम्मकै थोरै १ जनामा मात्र कोरोना पुष्टि

everest kitchen


क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ जना रहेकाे छ । गएको २ हप्ता अघिदेखि मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमित सङ्ख्यामा पनि उल्लेख्य कमी आएको तथ्यांकले देखाउछ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६४० जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार ३७५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्मको तथ्यांकअनुसार मलेसियामा संक्रमितहरुमध्येबाट निकोहुनेहरु ९५ प्रतिशतबढि रहेका छन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ५ लाख १४ हजार ३२२ रहेकाे छ भने संक्रमितको सङ्ख्या १ करोड ६० लाख २ हजार ७६ रहेकाे छ । ५८ लाख १३ हजार १८२ जनाले स्वास्थ्य लाभ गरेका छन ।