सर्पको डसाइबाट एक जना किशोरको मृत्यु

everest kitchen

कैलाली । कञ्चनपुरमा विषालु सर्पको डसाइबाट एक जना किशोरको मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका वडा १६ का १४ वर्षीय पर्वत गिरीलाई गएराति सर्पले डसेपछि उपचार गर्न लादैगर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

गिरीलाई सर्पले डसेपछि उपचारको लागि महाकाली अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा उनको मृत्यु भएको थियो ।