जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

everest kitchen

 

कैलाली । लम्कीचुहा नगरपालिका-६ चोरीपुर खोलास्थित पुरानो कुखुराको खोरबाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई २ लाख ५९ हजार ७ सय रुपैयाँ, तांसको गड्डी ३ थान, कम्मल २ थान र मोबाइल ८ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा लम्कीचुहा नगरपालिका-४ बस्नेहरु ४३ बर्षीय दिपक भण्डारी, २८ प्रकाश शाही, ३२ वर्षीय प्रजिन राई, ३४ वर्षीय कृष्ण बिष्ट, ४० वर्षीय नवल बुढा, सोही नगरपालिका-२ बस्ने ३९ वर्षीय नर बहादुर शाही र टिकापुर नगरपालिका-१ बस्ने ३० वर्षीय प्रकाश खड्का रहेका छन् ।

उक्त ठाउँमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा क्षेत्रीय अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।