टुटल-पठाओ चल्न नपाउने, चले कारबाही गरिने

everest kitchen


काठमाडौं । टुटल–पठाओ सञ्चालनमा आएको थाहा पाए जहाँ भेट्यो त्यहीँ कारबाही गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सरकारको कोभिड-१९ रोकथाम तथा नियन्त्रण समिति (सिसिएमसी) ले दुई पांग्रे सवारी साधनमा एक जनामात्र सवार हुन पाउने निर्देशन दिएकोले टुटल–पठाओले सेवा दिन नपाउने महाशाखा प्रमुख भीम प्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार अहिले कुनैपनि सार्वजनिक यातायात खुला नगरेको र बिरामी र अत्यावश्यक कामका बाहेक दुई जना सवार मोटरसाइकललाई प्रहरीले कारबाही गरिरहेकाे छल।

पठाओले २० प्रतिशत कमिसन लियर केहि सिमित राइडरहरुलाई प्रयोग गरि सेवा दिन थालेको थियो भने टुटल पनि सेवा सुचारु सुरु गर्न लागेको थियो ।