कोरोना : नेपालमा कोरोनाको कारण एक शिशुको मृत्यु

everest kitchen
photo file

काठमाडौं । नेपालमा हालसम्म काेराेनमकाे कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । थप एक ४९ महिने शिशुको काेराेनाकाे कारण मृत्यु भएको बिहीबार पुष्टि भएको हो ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार म्याग्दी धौलागिरी नगरपालिका -४ का ती शिशुको त्रिबि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा बुधबार मृत्यु भएको हाे ।

नेपालमा गएको २४ घण्टामा ४७३ जना कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबार ४७३ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।

त्यस्तै सोमबार ६६४ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ५ हजार ३२० जना पुगेका छन ।