स्रोत नखुलेको १० लाख नगद बोकेर हिडेका अभिनास जैसवाल पक्राउ

everest kitchen
photo file

रौतहट । गौर नगरपालिका-२ महादेवपट्टीस्थित सडकबाट स्रोत नखुलेको नेपाली नगद १० लाख रूपैयाँ सहित सोही स्थान बस्ने २३ वर्षीय अभिनास जैसवाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० यू २५३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलका चालक जैसवाललाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

Add
advertise