कुख्यात अपराधी दुबे समुहको आक्रमणमा भारतको कानपुरमा ८ प्रहरी मारिए

everest kitchen
घटना पछि ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

ऐजेन्सि । भारतको उत्तर प्रदेश राज्यस्थित कानपुरमा गुण्डा नाइके पक्रन गएको प्रहरी टोलीमाथि बिहीबार राति आक्रमण हुँदा डिएसपीसहित आठ भारतीय प्रहरी मारिएका छन्।

मध्ये रातमा कानपुर प्रहरी विकास दुबे नाम गरेका कुख्यात अपराधीलाई पक्राउ गर्न जाने क्रममा घटना घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । समाचारका अनुसार घटनामा केहि प्रहरी घाइते भएको र दुईजना स्थानीय पनि घाइते भएका छन ।

Add
advertise

प्रहरी आउने सूचना पाइसकेको दुबेको समूहले प्रहरी आउने बाटोमा जेसिबीले अवरूद्ध गरेर बसेकाे र प्रहरी त्यहाँ पुग्ने बित्तिकै वरीपरीका घरको छतबाट गोली बर्साएर फरार रहेको बताएको छ ।

मारिनेमा एक डिएसपी, तीन सब-इन्सपेक्टर र चार कन्स्टेबल रहेका छन् भने घाइतेको स्थानीय अस्पताल उपचार गरिरहेको उल्लेख गरिएको छ ।

यतिबेला घटना स्थलमा ठुलोमात्रामा प्रहरी परिचालन गरिएको र घटना बारे अनुसन्धान गर्ने क्रममा दर्जनौं स्थानीयलाई नियन्त्रणमा लिई सोधपुछ थालिएको बताएको छ ।