मुगा जस्तो देखिने माला सहित ३ जना पक्राउ

everest kitchen
photo file

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू भगवानपाँउस्थित सडकबाट ५७.१७ ग्राम बराबरको मुगा जस्तो देखिने माला ७ पिस सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका-९ गोंगबु बस्ने पर्वत मोदी गाउँपालिका-१ घर भएका ४० वर्षीय धनिराम पुन, टोखा नगरपालिका-११ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-९ घर भएका ३२ वर्षीय दिपेन्द्र थापा र टोखा नगरपालिक-११ बस्ने कन्चनपुर भिमदत्त नगरपालिका-१९ घर भएका २९ वर्षीय राम बहादुर सिंह रहेका छन् ।

Add
advertise

उक्त स्थानमा बहुमुल्य मुगाको कारोबार हुन लागिरहेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा उनीहरुलाई फेला पारी तलासी गर्दा उक्त परिमाणको माला फेला पारी पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।