मृगौला पीडित पहल मानलाई तामाङ कलाकार संघ मलेसियाको सहयोग

everest kitchen

काठमाडौ । मृगौला र कलेजोमा समस्या भएका बिरामी पहल मान तामाङलाई लाई तामाङ कलाकार संघ मलेसियाको सहयोग गरेको छ ।

जिल्लाको कोल्हबी नगरपालिका वडा न.४ सपही स्थायी घर भएका ४१ वर्षीया पहल मान लामालाई संघका पुर्व महासचिव रमित लामाले २० हजार ४८० रुपैया हस्तान्तरण गरेको संघका महासचिव अमिर लोप्चन तामाङले जानकारी दिएका छन् ।

Add
advertise

मृगौला र कलेजोको गम्भीर बिरामी भएका तामाङको घरको आर्थिक अवस्था नाजुक रहेकोले बिरामीको अपिल अनुसार थोरै भएपनि सहयोग गरेको संघका अध्यक्ष फुर्वा दोर्जे मोक्तानले बताए ।

बिरामी तामाङ ललितपुर स्थित पाटन अस्पतालको बेड न.२६४ मा उपचाररत रहेका छन् ।