पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीलाई कोरोना

everest kitchen


ऐजेन्सि । पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीलाई कोरोना भएको छ। विदेश मन्त्री कुरैशीले ट्विटरबाट आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्।

Add
advertise

ट्विटरमा उनले लेखेका छन ‘दिउँसो मलाई हल्का ज्वरो महशुस भयो र मैले तुरून्त आफूलाई होम क्वारेन्टिनमा राखें। ममा कोभिड-१९ पाइएको छ। अल्लाहको कृपाले मैले आफूलाई मजबुत र उर्जावान महशुस गरिरहेको छु। घरबाट नै म आफ्नो जिम्मेवारी निभाउने छु उनले भनेका छन् ।

पाकिस्तानमा हालसम्म २ लाख २१ हजार बढिमा काेराेना संक्रमण देखिएकाे छ भने ४ हजार ५५१ जनाको मृत्यु भएको छ ।