६९ तोला सुन , १ किलो चाँदी र ७ लाख नगद चोरीमा संलग्न तीन जना पक्राउ

everest kitchen
photo file

नवलपरासी(पूर्व) । गैडाकोट नगरपालिका-५ काङग्रेस चोकस्थित मोनिका सुनचाँदी पसलबाट सुन तथा चाँदी गरगहना र नगद  चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली राधा कृष्ण चोक बस्ने दोलखा मलुङं गाउँपालिका-१ घर भएका २४ वर्षीय अनुज लामा, भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-३ घर भएका २८ वर्षीय तिर्थ बहादुर रुम्बा र भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्ने काभ्रेपलान्चोक धुलीखेल नगरपालिका-१२ घर भएका ४० वर्षीय जीत बहादुर तामाङ रहेका छन् ।

Add
advertise

उनीहरूले  २०७६ फागुन १८ गते बिहान उक्त पसलबाट तयारी सुनका गरगहान ६९ तोला ५ लाल सुन, चाँदीका गरगहना १ किलो तथा नगद ७ लाख रुपैयाँ लकर सहित चोरी भएको घटनामा संलग्न रहेको पाएको प्रहरीले जनाएको छ ।

अनुसन्धनाका लागि गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, महानगरीय अपराध महाशाखा काठमाडौं, जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) र ईलाका प्रहरी कार्यालय गैडाकोटबाट संयुक्त रुपमा खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

    साथै उनीहरुको साथबाट विभिन्न गरगहना १२ तोला ५ प्वाइन्ट, वारदातमा प्रयोग भएको मोबाइल ६ थान, सेफ लकर फोडिएको अवस्थामा १ थान, प्रदेश ३-०२-०१४ प ७७७५ नम्बरको स्कुटर १ थान तथा सेफ फोड्नका लागी प्रयोग भएका विभिन्न औचारहरु समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरु उपर डाँका चोरी मुद्दामा जिल्ला अदालत नवलपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।