नेकपा स्थायी समिति बैठक फेरि स्थगित

everest kitchen

काठमाडौ । शनिबार ११ बजेका लागि बोलाइएको सत्तारुढ दल नेकपाको स्थायी समिति  बैठक फेरि स्थगित भएको छ । शनिबारको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो ।

पार्टीभित्र जारी विवाद समाधानका लागि गृहकार्य नपुगेको भन्दै बैठक स्थगित भएको नेताहरूले बताएका छन । बिहीबारको स्थायी कमिटी बैठक स्थगित गरेर प्रधानमन्त्री निवास बालुवाटारमा दुईअध्यक्षवीच लामो छलफल भएको र छलफलमा पनि प्रयास असफल भएपछि शनिबारका लागि बोलाएको बैठक स्थगित गरिएको बताएको छ ।

Add
advertise

शुक्रबारको छलफलमा बिष्णु पौडेल र जनार्दन शर्मालाई राखेर दुई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दतहाल प्रचण्डवी छलफल भएको थियो । छलफलमा ओली अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने आडान लिएकाे र कारबाही गरे पार्टी फुटाएर जाने स्पष्ट पारेको स्रोतले बताएको छ ।

तत्कालीन नेकपा ऐमाले र माओवादी केन्द्रवीच पार्टी एकता हुदा ओलीकाे तर्फबाट बिष्णु पौडेल र प्रचण्डकाे तर्फबाट जनार्दन शर्माले साचिकाे रुपमा हस्ताक्षर गरेका थिए ।
त्यतिबेला समान्ताकाे आधारमा दुईअध्यक्षले पार्टी र सरकारकाे नेतृत्व गर्ने सहमति पत्रमा उल्लेख गरिएको थियो

हाल प्रधानमन्त्री ओली नेकपा भित्र चर्को आलोचना र अल्पमतमा परेका छन् भने स्थायी समिति बैठकमा दुबैपदबाट राजिनामा मागिएको छ ।

प्रधानमन्त्री ओलीले आफुलाई भारतले हटाउन खोजेको भन्ने अभिव्यक्ति दिएपछि पार्टी भित्र र बाहिर विवादमा तानिएका छन् ।