कोरोना प्रकोप : मलेसियामा शनिबार १० जना नयाँ संक्रमित, मृत्यु शुन्य

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शनिबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १० “जना रहेकाे छ । गएको ३ हप्तादेखि मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमितको सङ्ख्यामा पनि उल्लेख्य कमी आएको तथ्यांकले देखाउछ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६५८ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार ४६१ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Add
advertise

त्यस्तै मलेसियामा हालसम्मकाे तथ्यांकअनुसार मलेसिया कोराेना नियन्त्रणको नजिक पुगेको देख्न सकिन्छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ५ लाख २९ हजार ४०३ रहेकाे छ भने संक्रमितको सङ्ख्या १ करोड १२ लाख ६ हजार २६१ रहेकाे छ । ६३ लाख ५५ हजार ५०५ जनाले स्वास्थ्य लाभ गरेका छन ।