१४ वर्षीया बालिका बलात्कार गर्ने तीन जना पक्राउ

everest kitchen
सांकेतिक तस्बिर

बर्दिया । बर्दियामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गेरुवा गाउँपालिका-५ बस्ने २८ वर्षीय प्रशान्त भन्ने नबिन चन्दसहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

Add
advertise

उनीहरुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यलय पाताभारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले उल्लेख गरेको छ ।