सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, जबर्जस्ती करणी मुद्दाका फरार वन अधिकृत यादव पक्राउ

everest kitchen

काठमाडौं । काठमाडौं, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसूर तथा करणी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी कैलाली धनगढी नगरपालिका-४ चटकपुर घर भएका बन डिभिजन कार्यालय, अत्तरिया कैलालीमा बन अधिकृत पदमा कार्यरत ६० वर्षीय राम नारायण यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

यादव उपर विभिन्न मुद्दामा अनुसन्धान भइरहेको अवस्थामा रक्तचाप, मधुमेह समेतको बिरामी भई सेती प्रादेशिक अस्पताल धनगढीबाट साधन श्रोत सम्पन्न अस्पतालमा लगि औषधि उपचार गराउन रिफर भएका यादबलाई २०७७ जेठ ९ गते उनै छोराको जिम्मा जमानीमा छाडिएकोमा दुवैजना सम्पर्कविहिन भएका थिए । उनीहरुको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३५ पेप्सीकोलास्थित टाउन प्लानिङमा लुकिछिपी बसेको अवस्थामा फेला पारी यादवलाई पक्राउ गरेको हो ।

Add
advertise

साथै यादवलाई आवश्यक कानूनी कारवाहीको लागि शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको उक्त ब्यूरोले जनाएको छ । कास्की, विभिन्न मुद्दामा फरार २ जना प्रतिवादीलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा माछापुच्छ्रे गाउँपालिका-५ ख्याम्राङ बस्ने ६२ वर्षीय च्याम बहादुर तामाङ र माछापुच्छ्रे गाउँपालिका-२ बस्ने ३४ वर्षीय सन्तोष तामाङ रहेका छन् ।

उनीहरूमध्ये च्यामबहादुरलाई जिल्ला अदालत कास्कीको २०७३ जेठ १४ गतेको फैसलाले जबरजस्ती चोरी मुद्दामा १ लाख ५७ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भएको र सन्तोषलाई सोही अदालतको २०७१ चैत २६ गतेको फैसलाले नकवजनी चोरी मुद्दामा ६६ हजार २ सय ९३ रुपैयाँ जरिवाना र नकबजनी चोरी मुद्दामा सोही मितिको फैसलाले १ लाख ३८ हजार ७५ रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका थिए ।

पक्राउ दुवै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

(नेपाल प्रहरी )