नेपाल तामाङ घेदुङ मलेसियाकाे साधारण भेला सम्पन्न, जगत सिंह दोङको नेतृत्वमा नयाँ समिति

everest kitchen

क्वालालम्पुर । नेपाल तामाङ घेदुङ मलेसियाले स्थापनाकाे १५ अाैं बार्षिकाेत्सव र साधारण भेलाले जगत सिंह दाेङ तामाङकाे नेतृत्वमा नया समिति गठन गरेकाे छ ।

मलेसियामा रहेका तामाङ समुदायलाई समेटेर १५ बर्ष अगाडि स्थापना भएकाे संस्था समयान्तरमा विभिन्न नाममा विभिन्न समुहमा विभाजित भएपनि पछिल्लाे समयमा सबैलाई समेट्ने गरि नेपाल तामाङ घेदुङ मलेसिया नामलाई मान्यता दिएर एकीकृत भएर अगाडि बढिरहेकाे छ ।
जातिय तथा समुदायिक गतिविधिमा मात्र नसमेटिईकन संस्थाले बेला बेलामा सम्पुर्ण नेपालिहरूमा सामाजिक कार्यहरू पनि गर्दै आएकाे छ ।

कार्यक्रममा विभिन्न जातिय संस्थाहरूका प्रतिनिधिहरूकाे आतिथ्यता रहेकाे थियाे भने नेपाल तामाङ कलाकार संघ मलेसियाका अध्यक्ष फुर्वा दाेर्जे तामाङकाे विशेष आतिथ्यता तथा नेपाल आदिवासि जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपीन राईकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा उपस्थित अतिथि, विशेष अतिथि तथा प्रमुख अतिथि लगायतले नया कार्यसमितिलाई बधाई तथा शुभ कामना व्यक्त गरेका थिए भने विदाई भएर जाने संस्थाका पुर्व महासचिव सबिन कूमार लाेप्चन तामाङलाई अाैपचारिक विदाई गरिएकाे थियाे ।

साेहि कार्यक्रममा आदिवासि जनजाति महासंघले आफ्नाे महासचिव सबिन कूमार लाेप्चन तामाङलाई कदर पत्र सहित विदाई गरेकाे थियाे ।

नेपाल तामाङ घेदुङ मलेसियाकाे नया कार्य समिति ।
१)अध्यक्ष : जगत सिंह दोङ तामाङ
२) व. उपाध्यक्ष : मिलन थिङ तामाङ
३) उपाध्यक्ष : बिक्रम वाईबा तामाङ
४) महासचिव : छेवाङ लामा
५) प्रथम सचीव/ भाषा, लिपि तथा साहित्य विभाग : सोम लाल लोप्चन तामाङ (अमीर)
६) द्वितीय सचीवसूचना तथा सञ्चार विभाग/. : मिलन दोङ तामाङ
कोष अध्यक्ष : प्रकाश लामा तामाङ
७) सह- कोष अध्यक्ष : तेन्जीङ लो तामाङ
८) सदस्य/खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभाग : कमल कुमार थिङ तामाङ
९) सदस्य/पुरातात्विक अनुसन्धान विभाग : छवि लाल बोम्जन तामाङ