कोरोना : मलेसियामा २० दिन देखि मृत्यु शून्य, संक्रमितकाे संख्या पनि लगातार न्यून

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५ “जना रहेकाे छ । गएको २० दिनदेखि मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमितको सङ्ख्यामा पनि उल्लेख्य कमी आएको तथ्यांकले देखाउछ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६६३ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार ६५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Add
advertise

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ५ लाख ३३ हजार ७७८”रहेकाे छ भने संक्रमितको सङ्ख्या १ करोड १३ लाख ९५ हजार ६७३ रहेकाे छ । ६४ लाख ५०हजार ७०९ जनाले स्वास्थ्य लाभ गरेका छन ।