आइतबार देशभरबाट २ सय ९३ जना संक्रमित थपिए

everest kitchen

काठमाडौ । गएको २४ घण्टामा देशभर  कोरोनाका २ सय ९३ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा २ सय ९३ जना संक्रमित थपिएको जानकारी दिए। यीसहित मुलुकभर हालसम्म संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ।

त्यस्तै यस अवधिमा १ सय ३२ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म ६ हजार ५ सय ४७ जना कोरोनाबाट निको भई घर फर्किएका छन्।

यस्तै हालसम्म नेपालमा काेराेना संक्रमणबाट ३४ जनाकाे मृत्यु भएको छ ।