कोरोना प्रकोप : मलेसियामा ७१ जना बिरामी मात्र निको हुन बाँकी

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५ “जना रहेकाे छ । गएको २१ दिनदेखि मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमितको सङ्ख्यामा पनि उल्लेख्य कमी आएको तथ्यांकले देखाउछ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६६८ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार ४७६ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Add
advertise

मलेसियामा हालसम्म ७१ जनामा मात्रै कोरोना संक्रमण सक्रिय रहेको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ५ लाख ३७ हजार १७३ “रहेकाे छ भने संक्रमितको सङ्ख्या १ करोड १५ लाख ७९ हजार ७७३ रहेकाे छ । ६५ लाख ४७ हजार ७६७ जनाले स्वास्थ्य लाभ गरेका छन ।