कोरोना प्रकोप : नेपालमा गएको २४ घण्टामा १ को मृत्यु, १ सय ८० नयाँ संक्रमित थपिए

everest kitchen

 

काठमाडौं । नेपालमा हालसम्म काेराेनमकाे कारण मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ । थप १ जनाकाे कोरोना संक्रमणकाे कारण मृत्यु भएपछि मृत्यु हुने संक्रमितको सङ्ख्या ३५ पुगेको हो ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बाग्लुङकाे निसि खोला गाउँपालिका-३ स्थायी घर भएका २९ वर्षीया पुरुषको आइतबार मृत्यु भएको हो । उनी भारतबाट क्षयरोगका उपचार गरेर आई ढोरपाटन नगरपालिकाकाे क्वारेन्टाइनमा बसेका थिए ।

Add
advertise

नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १८० जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार सोमबार थप २८० नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

त्यस्तै शनिबार २६४ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ६ हजार ८११ जना पुगेका छन ।