एनआरएन मलेसियाको दूतावासलाई ध्यानाकर्षण पत्र

everest kitchen

क्वालालम्पुर । गैरआवासीय नेपाली संघ एनआरएन मलेसियाले नेपाली राजदूतावास मलेसियालाई समसामयिक श्रमिक समस्या बारे ध्यानाकर्षण पत्र बुझाएको छ ।

संघका अध्यक्ष हरि भट्टराई द्धारा हस्ताक्षरित उक्त ध्यानाकर्षण पत्र मार्फत मलेसियामा बिरामी परेका तथा शारीरिक अंगभग भएका तर उपचार गर्ने पैसा नभएका बिरामीहरुलाई नि:शुल्क घर पठाउनु पर्ने, जेलमा रहेका नेपालीहरुलाई घर पठाउन छिटो पहल गर्न लगायत बिभिन्न आठ बुद्धामा ध्यानाकर्षण गराएको छ ।

Add
advertise

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले संघको उक्त ध्यानाकर्षण पत्र बुझ्दै यी बिषयमा पहल कदमी गरिरहेको अझ यसलाई अझ सशक्त तरिकाले अगाडि बढाउने आश्वस्त पारेको संघका पदाधिकारीले जानकारी दिए ।

एनआरएन मलेसियाले दुतावासलाई गराएको ध्यानाकर्षणका आठ बुद्धा यस्ता छन् :

१ , मलेसियामा कामको शिलसिला आएका हाल बिरामी परेका तथा शारीरिक अंगभग भएका तर उपचार गर्ने पैसा नभएका बिरामीहरु र मलेसियाका विभिन्न अस्पातलमा रहिआएका दर्जनौं बिमारी पीडितहरुलाई छिटो भन्दा छिटो उद्धार गरी बिना शुल्क नेपाल पठाउन अनुरोध गर्दछौं ।

२ , मलेसियाको विभिन्न ठाउका जेलहरुमा रहेका नेपालीहरुलाई जति सक्दो छिट्टै नेपाल पठाउन पहल गर्न अनुरोध गर्दछौ ।

३ , कोरोनाको समय अगावै कम्पनीद्वारा प्रदान गरिएका र श्रमिकहरुले आफै खरिद गरेका बिभिन्न एयरलाइनको टिकट भएका तर आजसम्म नेपाल जान नसकेका श्रमिकहरुलाई नेपाल फर्काउन विषेश पहल कदम चालियोस् ।

४ , सम्मानित सर्वोच्च अदालतले विदेशमा अलपत्र परेका श्रमिकहरुलाई श्रमिक कोषमा रहेको रकमबाट सहयोग गरि निशुल्क उद्धार गरियोस भन्ने आदेशलाई तत्काल लागु गरियोस् ।

५ , विभिन्न कारणले मलेसियामा मृत्यु भएका शवहरुलाई तत्काल नेपाल पठाउन पहल गर्न अनुरोध गर्दछौं ।

६ , अवैधानिक ( अनडकुमेण्ट ) भएका कामदारहरुलाई नेपाल पठाउन मलेसिया सरकारसंग विषेश पहल गर्न दुतावासमा अनुरोध गर्दछौं ।

७ , हालको अवस्थामा नेपाल उडान गर्दै आएका सम्पुर्ण एयरलाइनसहरुको अझै महंगो भाडादर भएको हुदा घटाउन पहल गरियोस् ।

८ , मलेसियाबाट छुट्टीमा नेपाल गएका हजारौं नेपाली कामदारलाई मलेसिया फकाउन पहल कदम चालियोस् ।

एनआरएन लगायत मलेसिया स्थित बिभन्न संघ, संस्थाले यसअघि पनि दुतावासलाई चार्टर उडानको हवाई भाडादर महङ्गो भएको भन्दै ध्यानाकर्षण गराएका थिए ।