कोरोना : आज मलेसियामा ६ जना बिरामी थपिदा ५ जना निको भए

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६ “जना रहेकाे छ । गएको २२ दिनदेखि मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमितको सङ्ख्यामा पनि उल्लेख्य कमी आएको तथ्यांकले देखाउछ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६७४ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार ४८१ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मलेसियामा हालसम्म ७२ जनामा मात्रै कोरोना संक्रमण सक्रिय रहेको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ५ लाख ४१ हजार २३० “रहेकाे छ भने संक्रमितको सङ्ख्या १ करोड १७ लाख ६४ हजार १४८ रहेकाे छ । ६७ लाख ५८ हजार १५६ जनाले स्वास्थ्य लाभ गरेका छन ।