मंगलबार काठमाडौं उपत्यकामा थपिए २८ जना कोरोना संक्रमित

everest kitchen

काठमाडौं । राजधानी काठमाडौं उपत्यकामा मंगलबार २८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा २८ जना नयाँ संक्रमित थपिएका हुन्।

Add
advertise

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका १ जना र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा पनि काठमाडौंकै १ जनामा पुष्टि भएको छ।

त्यस्तै पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १२ जना, ललितपुरका १० र भक्तपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।