कोरोना : आज मलेसियामा ३ जनामात्रै नयाँ बिरामी, मृत्यु शुन्य

everest kitchen


क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३”जना रहेकाे छ । गएको २३ दिनदेखि मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमितको सङ्ख्यामा पनि उल्लेख्य कमी आएको तथ्यांकले देखाउछ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६७७ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार ४८५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Add
advertise

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ५ लाख ४७ हजार १२० “रहेकाे छ भने संक्रमितको सङ्ख्या १ करोड १९ लाख ७४ हजार ९१९ रहेकाे छ । ६९ लाख १९ हजार ९१९ जनाले स्वास्थ्य लाभ गरेका छन ।