जलेर गम्भीर घाइते भएका बालक कृष्णलाई बाग्लुङ समाज बेल्जियमको सहयोग

everest kitchen

काठमाडौं । जलेर गम्भीर घाइते भएका बालक कृष्ण विकलाई बाग्लुङ समाज बेल्जियमले आर्थिक सहयोग गरेको छ ।

समाजसेवि यसु थापाको अपिलमा बागलुड्ग समाज बेल्जियमले बागलुङको निसिखोला गाउँपालिका- ५ ढोरपाटन निवासी ज्ञान बहादुर बिक को छोरा कृष्ण बहादुर बिकको उपचारको लागि समाजले आर्थिक सहयोग गरेको अध्यक्ष गंगा शर्माले जानकारी दिए ।

Add
advertise

अध्यक्ष शर्माका अनुसार भारतमा उपचाररत कृष्णकाे सहयोगकाे लागि भारु १ लाख ७ हजार ५ सय ४९ अर्थात झण्डै १ लाख ७० हजार रुपैयाँ संकलन गरि पठाएको हो ।

कृष्णकाे ग्यास चुहावटबाट आगलागी हुदा करिब ८० प्रतिशत शरिर जलेका कृ्ष्णकाे भारतमा उपचार भ‌ैरहेकाे छ । उनको उपचारमा थुप्रै रकम खर्च हुने र घरको आर्थिक अवस्था कम्जोर भएकोले सहयोग संकलनलाई निरन्तर राखिएको समाजसेवी यसु थापाले जानकारी दिए । उनका अनुसार थप केहि रकम पनि संकलन भईसकेकाे छ ।