औषधिको अनुचित प्रयोग र दुरुपयोग गर्ने मेडिकल सञ्चालक सहित ५ जना पक्राउ

everest kitchen
photo file

सुनसरी । औषधिको अनुचित प्रयोग र दुरुपयोग गरेको अभियोगमा धरान उपमहानगरपालिका-७ भानुचोकबाट विभिन्न औषधि सहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुमन मेडिकल हलका संचालक ५३ वर्षीय बिनय कुमार गुरुङ, सोही उपमहानगरपालिका-१० बस्ने २० वर्षीय सम्यक श्रेष्ठ, सोही उपमहानगरपालिका-१५ बस्नेहरु २२ वर्षीय सहबाज सिद्धिकी, २९ वर्षीय अमिर नेपाली र २२ वर्षीय अर्जुन बराईली रहेका छन् । उनीहरुमध्ये गुरुङ विक्रता र अन्य ४ जना खरिद गरी सेवन कर्ता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Add
advertise

उक्त मेडिकलमा औषधिको अनुचित बिक्री वितरण गरेको भन्ने सूचना आधारमा औषधि व्यवस्था बिभाग विराटनगरको समन्वयमा खटिएको प्रहरीले सुमन मेडिकल हलबाट डिकोलिक (DECOLIC) ४ सय ट्याब्लेट, प्रिजिस्टर-एम ( PREGSTAR-M) १ सय २० ट्याब्लेट र एपाबिलिन( APABALIN) ३ सय ४० ट्बालेट बरामद भएको छ ।

साथै उक्त मेडिकलबाट खरिद गरी लैजादै गरेको अवस्थामा श्रेष्ठ लगायत ४ जनाको साथबाट DECOLIC १० ट्याब्लेट, PREGSTAR-M ५ ट्याब्लेट र APABALIN १५ समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

(नेपाल प्रहरी )