कोरोना : आज मलेसियामा १६ जना निको भए , नयाँ संक्रमित ६ जना

everest kitchen


क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बिहिवार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६ जना रहेकाे छ ।

गएको २४ दिनदेखि मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमितको सङ्ख्यामा पनि उल्लेख्य कमी आएको तथ्यांकले देखाउछ ।

Add
advertise

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६८३ जनामा संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा १६ जना डिस्चार्ज भएपछि  ८ हजार ४९९ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।