सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू भन्दै बिक्री गर्न खोज्ने पक्राउ

everest kitchen
 

काठमाडौं ।  सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू भन्दै बिक्री गर्न खोज्ने ६ जनालाई चन्द्रागिरी नगरपालिका-१५ ढुंङ्गेअड्डाबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा खोटाङ दिक्तेल नगरपालिका-४ घर भएका ३२ वर्षीय गेहेन्द्र सिंह आत्रय, काभ्रे पाँचखान नगरपालिका-३ घर भएका ४२ वर्षीय जनक गिरी, ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका-१ घर भएका ३१ वर्षीय सुबास कुमार बस्नेत, ओखलढुंगा सुनकोशी गाउँपालिका-२ घर भएका ३३ वर्षीय हरि बहादुर लामिछाने, काठमाडौँ तारकेश्वर नगरपालिका-११ घर भएका ६४ वर्षीय  राजेन्द्र बहादुर जोशी र नुवाकोट ककनी गाउँपालिका-८ घर भएका ३४ वर्षीय रोशन तामाङ रहेका छन् ।

Add
advertise

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई लामा भाषामा लिखित पुरानो बुद्ध धर्म ग्रन्थको १६ पाना ५ करोड रुपैँयामा खरिद बिक्रीको लागि छलफल गरीरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरुमध्ये जनक गिरीको साथबाट तिव्वेतीयन लिपिमा सुनौलो अक्षरले लेखिएको उक्त बुद्ध धर्मको पाना बरामद भएको हो ।

उनीहरू उपर प्राचीन स्मारक संरक्षण ऐन, २०१३ बमोजिम थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

(नेपाल प्रहरी )