लाइभ आएर आत्महत्याको प्रयास गरेको थाहा पाए तुरुन्तै प्रहरीलाई खबर गर्नु

everest kitchen
photo file

काठमाडौं । फेसबुक तथा अन्य सामाजिक सञ्जालमा लाइभ आएर आत्महत्याको प्रयास गरेको थाहा पाए समयमै प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।

शुक्रबा रसाइबर ब्युरोले विज्ञप्ति जारी गर्दै त्यस्ता घटना हुन लागेमा तत्काल प्रहरीलाई सम्पर्क गरि त्यस्ता व्यक्तिहरुकाे उद्धारमा सहयोग गर्न भनेको छ ।

Add
advertise

त्यस्ता घटना घट्न लागेको थाहा पाएमा तुरून्तै प्रहरीको आकस्मिक कन्ट्रोल नम्बर १००, नजिकको प्रहरी कार्यालय, ब्युरोको टेलिफोन नम्बर ०१-४२१९०४४, मोबाइल नम्बर ९८५१२८६७७० र ९८५१२८६७७१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

त्यस्ता खालका भिडियोहरु सेर गर्नु र प्रतिक्रिया जनाउनुले झन आत्महत्या दुरुत्सान हुने भएकोले त्यस्तो गैरकानुनी हुने काम नगर्न भनिएको छ ।

केहिदिन पहिले चितवनमा एक युवती र दाङमा एक युवतीले फेसबुकमा भिडियो लाइभ गरेर आत्महत्या गरेका थिए ।