आरोप लागेको छ 

everest kitchen
                   समीर पाख्रीन

कविता : आरोप लागेको छ 

समीर पाख्रीन

मलाई नियन्त्रणमा लिएको छ
केहीदिन भयो
हिरासतको चिसो भुइँमा
आतिथ्य प्रदान गरेको छ
आउँछन् ह्वास्स ह्वास्स
दुगॅन्धित मुखले गाली गदैॅछन्
थाहा छैन मैले के गरे
अनाहक रिस पोख्ने गरेको छ
शायद
कठघरामा उभ्याउँछ होला
कालो कोटधारीले
प्रश्नहरूको बलियो डोरीले
मलाई टनटनी कस्छ होला
सुनेको थिएँ
अपराध स्वीकारेमा उनको
तरक्की हुन्छ रे
मलाई चलान गनॅ पाउँदा
सफलता हासिल हुन्छ रे
मलाई अदालत पुर्याइएको छ
आरोपीहरू टुलुटुलु हेरिरहेछन्
मानौ म कुनै नामुद
माफिया हूँ
वषोॅदेखि खोजीमा रहेको
कुख्यात डन हूँ
गिता दियो
कसम खाएँ
सोद्धै गयो
जवाब दिदै गएँ
बल्ल बुझेँ
मलाई सिजॅनाको रङ्ग पोतेर
फेशबुकको भित्तो
फोहर गरेको
गम्भीर आरोप लागेको रहेछ
धेरैलाई यसले बिझाएको रहेछ
कटाक्ष गरेको रहेछ
भित्तैभरि पोतिने थरिथरि अभिव्यक्तिले
धेरैको भण्डाफोर गरेको रहेछ
यद्यपि
आरोप निराधार भनी
न्यायधीश महोदयले
अन्ततः मलाई चेतावनीदिई
छोडिदिएको छ
मैले यसैगरि पोतेर फेरि
भित्तो फोहर गरेको खण्डमा
पुरस्कार र पदको भारी बोकाई
दश डाँडा कटाउने भनेको छ
यसैले त म झनै हौसिएको छु
भित्तो फोहर गनॅ
झन् झन् तम्सिएको छु ।।
°°°