म्याग्दी पहिरोमा मृत्यु हुनेको सङ्ख्या १३ पुगे

everest kitchen
photo file

काठमाडौं । अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

मृत्यु हुनेहरूमा धौलागिरी गाउँपालिकाका ३ जना , मालिका गाउँपालिकाका ९ जना र रघुगंगा गाउँपालिका १ जनाको मृत्यु भएको छ ।

Add
advertise

धौलागिरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष राजाराम सुवेदीका अनुसार पहिरोले विस्थापित भएका करिब ४ सय बढिलाइ विभिन्न विद्यालय र स्थानीय गाउँहरुमा राखिएको छ ।

प्रहरी, स्थानीय युवा क्लब र गाउँलेको सहयोगमा बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको दुई दिन बित्दासम्म बाढी पहिरोको सबैभन्दा बढी प्रभावित क्षेत्रमा राज्य संयन्त्र र उद्धारकर्ता नआएको भन्दै पीडितले गुनासो गरेका छन् ।