कोरोना : मलेसियामा गएको २६ दिनपछि १ जनाको मृत्यु

everest kitchen


क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय २२ पुगेकाे छ । आज शनिबार पनि थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय २२ पुगेकाे हाे ।

मलेसियामा गएको २६ दिनपछि मात्रै कोरोना संक्रमणकाे कारण एक जनाको मृत्यु भएकाे हाे ।

Add
advertise

हालसम्म मलेसियामा ८ हजार ७०४ जनामा संक्रमण देखिएकाेमा ७ हजार ५१५ जनाले स्वास्थ्य लाभ गरेका छन । शनिबार थप ८ जना नयाँ संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे तथ्यांक अनुसार मलेसियामा सुधार रहेकाे देखाउछ भने मलेसियामा अब ६७ जना संक्रमितमा मात्र संक्रमण सक्रिय रहेको छ ।