बझाङका पहिरो पीडितलाई सुदुरपश्चिमेली नेपाली समाजको राहत

everest kitchen


काठमाडौं । सुदुरपश्चिमेली नेपाली समाजले बझाङको केदारस्युँ गाँउपालिका वडा नं ८ मल्लेसीका पहिरो पिडीतलाई राहात वितरण गरेको छ ।

सुदूरपश्चिमेली नेपाली समाजको साझा अभियान अन्तर्गत विश्व भरिमा रहेका सुदूरपश्चिमेली नेपालीहरुको संयुक्त पहलमा मल्लेसीको पहिरोमा परेर विस्ताविपत भएका २० घरपरिवारलाई केदारस्युँ गााउपालिकाको झोता बजार बाट राहात वितरण गरेको हो ।

Add
advertise

समाजले पहिरोमा परेर विस्थापित प्रति परिवार ५० किलो चामल, ५ किलो दाल, ३ किलो नुन, ३ पोका तेल लगायत खाना पकाउने भाँडा, लुगाकपडा लगायतका खाद्य सामाग्री वितरण गरेको छ । केदारस्युँको झेता बजारमा आज गाँउपालिका अध्यक्ष ईन्द्र भण्डारी, उपाध्यक्ष निसा धामी, वडाध्यक्ष गणेश बोहरा लगायत जिल्लाका पत्रकारहरुको रोहवरमा सुदुरपश्चिमेली समाजका नेपाल संयोजक चेतन थापा पुर्ब द.एसिया संयोजक ज्ञानेन्द्र सिंह उक्त राहात सामाग्री वितरण गरेका थिए ।

राहात सामाग्री वितरण पछि वडाध्यक्ष गणेर बोहराले मल्लेसी पहिरोमा परेका परिवारहरुका लागी विभिन्न संघ संस्थाले देखाएको सहानुभुतिले पिडीतहरुको पिडामा मल्हमको काम गरेको बताए । उने भने यस परोपकारी कार्य मा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्ण राष्ट्रिय समाज, कार्यकारी समिति पदाधिकारी ज्यु तथा सम्पूर्ण सहयोगी हात हरुलाई हार्दिक धन्यवाद ज्ञापन् गर्द्छौं । आफ्नै वडामा भएको घटनाले आफुलाई दुखि बनाएको यस घडीमासहयोगीमनहरुमा धन्यावद व्यक्त समेत गरेका छन ।

विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली नेपालीहरुले नेपालमा प्राकृतिक दैविय प्रकोप बाट प्रभावित क्षेत्र, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा सहयोग गर्ने गरि संचालित सुदूरपश्चिमेली आपतकालीन राहतकोष मार्फत राहात उपलब्ध गराएको सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाका संरक्षक तथा केदारेस्यु गाउपालिकाका युवा समाजसेवी समीर मल्लले जानकारी दिए ।