बलिउड अभिनेता अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण

everest kitchen


काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना भाइरस संक्रमण भएको छ।

अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

Add
advertise

अभिषेकले ट्वीट गर्दै लेखेका छन्, ‘मेरा बुवा र मलाई कोरोना संक्रमण भएको छ। हामी दुवैलाई कोरोनाका सामान्य लक्षणहरू देखा परेका छन्। हामीले सबै सम्बन्धित निकायलाई खबर गरिसक्यौं र हाम्रा परिवारका अन्य सदस्यहरूको पनि परीक्षण भइरहेको छ। म सबैलाई शान्त रहन र नआत्तिन आग्रह गर्छु। धन्यवाद।’

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरु दुवै जनालाई अस्पताल भर्ना गरिएको उल्लेख गरिएको छ ।