कुटपिटबाट मृत्यु, कुटपिमा संलग्न ५ जना पक्राउ

everest kitchen
साङ्केतिक फाेटाे

सप्तरी । डाकनेश्वरी नगरपालिका-७ ब्रहमपुरस्थित पोखरीमा माछा मारेको विषयलाई लिएर झै-झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ५५ वर्षीया मानशेर देवी मण्डलको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

उक्त स्थानमा झै-झगडा तथा कुटपिट हुँदा मण्डलको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी प्रबाहबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँ बस्ने ३५ वर्षीय कारी साह समेत ५ जनालाई पक्राउ गरेको छ ।

Add
advertise

कुटपिटमा संलग्न अन्य फरार रहेका व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरिलेे जनााएकोछ   ।