छुट्टाछुट्टै दुईस्थानमा जबरजस्ती करणीका घटना, तीन जना पक्राउ

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । अछाम, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलसेन नगरपालिका-५ बस्ने २२ वर्षीय महेश आउजी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

Add
advertise

त्यस्तै धनुषा, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शहिदनगर नगरपालिका-४ हउवाई बस्ने ३० वर्षीय भगवती प्रसाद मण्डललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मण्डलले मानसिक सन्तुलन ठिक नभएकी ती महिलालाई विदेह नगरपालिका-७ तिनकोरिया चोकस्थित भोलाबाबा कुटीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिध्दाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

(नेपाल प्रहरी )