तीन मुक्तक : देवी त्रिपाठी

everest kitchen
देवी त्रिपाठी

मुक्तक:-१
तिमी सियो हुँदा मलाई धागो बन्न मन लाग्छ
जिन्दगीको रुखमा चड्ने हाँगो बन्न मन लाग्छ
हो तिमी आगो बन्दा म पानी बन्नुपर्थ्यो पक्कै
किनकिन मलाई त झन् आगो बन्न मन लाग्छ!

२, आजकल रातहरु पनि बडो उज्याला लागिरहेको छ
भ्रम नै सहि दुधको गिलास पनि त प्याला लागिरहेछ
कुकुरलाई घ्यु पच्दैन,प्रचलित उखानै हो समुदायको
नपचेरै त होला छिनछिनमै पखाला लागिरहेको छ!!

मुक्तक:-३
इज्जत हुनिले आफ्नै धरातल टेक्छ पक्कै
आफ्नो र अरुको व्यथा समान देख्छ पक्कै
यत्ती थाहा छ उनीहरुलाई रुवाउन हुँदैन
कुनैदिन चेलिका आँसुले बाटो छेक्छ पक्कै

देवी त्रिपाठी
पोखरा