भारतले सिमा क्षेत्रमा बनाएका बाँधको कारण नेपालको तराइ डुवानमा : गृहमन्त्री थापा

everest kitchen


काठमाडौं । भारतले आफुखुसि सिमा क्षेत्रमा बनाएको बाध तथा सडकका कारण नेपाल डुबानमा परेपछि गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुवानमा परेको भन्दै यस्तो गतिविधि हस्तक्षेप नै भएको बताएका हुन ।

Add
advertise

मन्त्री थापाका अनुसार भारतले सीमा क्षेत्रमा बनाएको बाँध र संरचना हटाउन पहल गरे पनि सार्थक नभएको बताए ।

समिति बैठकले छलफलपछि सीमा क्षेत्रमा भारतद्वारा निर्मित सडक तथा बाँध तत्काल हटाउन पहल गर्न सरकारलाई निर्देशन दिएको थियो ।