कोरोना प्रकोप मलेसिया : नयाँ संक्रमित पाँच, निको हुनेको संख्या दुई

everest kitchen


क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५ जना रहेकाे छ ।

मलेसिया गएको १ महिना अघिदेखि कोरोना नियन्त्रणमा सफल रहेको छ । सुरुवाती चरणमा दैनिक १ सयको हाराहारीमा संक्रमित फेला परेकोमा पछिल्लोपटक करिब आधा दर्जनको हाराहारीमा दैनिक संक्रमित फेला परेका छन् ।

Add
advertise

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२२ रहेकाे छ भने ८ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गएको २४ घण्टामा २ जना डिस्चार्ज भएपछि ८ हजार ५२६ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।