मोटरसाइकल चोरी गरी लैजान लागेको अवस्थामा पक्राउ

everest kitchen
सांकेतिक तस्बिर

भक्तपुर । सूर्यबिनायक नगरपालिका-४ दधिकोट बस्ने सरोज कुमार भण्डारीको घर कम्पाउण्डभित्र पार्किङ गरी राखेको बा.२४ प ५९७५ नम्बरको मोटरसाइकल चोरी गरी लैजान लागेको अवस्थामा सुुुुजन थामी पक्राउ परेेका छन् ।

दोलखा कालिन्चोक गाउँपालिका-६ घर भई हाल दधिकोट बस्ने २० वर्षीय सुजन थामीलाई बुधबार बिहान ३ बजे प्रहरीले पक्राउ गरेको हो  ।

Add
advertise

उक्त मोटरसाइकल चोरी गरी लैजान लागेको अवस्थामा फेला पारी घरधनीले थामीलाई नियन्त्रणमा लिई प्रहरीलाई खबर गरे पश्चात महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना  सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ  ।

(नेपाल प्रहरी )